२०८३ साउन २१ गते बिहीबार

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीको अध्यक्षमा सुवेदी

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीको अध्यक्षमा सुवेदी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २० गते शनिबार ११:०७

महासंघको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

पोखरा ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा महाप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् ।

महासंघको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा विकास श्रेष्ठ र महासचिवमा शिव शर्मा पौडेल चुनिए ।

सदस्यहरुमा अर्जुनप्रसाद पंगेनी, विष्णुकुमार श्रेष्ठ, भिमबहादुर रसाइली, लक्ष्मी केसी सिंह र सुन्ती पूर्जा चयन भएका छन् ।

प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ११:०७
हजुरको प्रतिक्रिया