पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुलमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा रगत निशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।
२०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाई रगतको आवश्यकता परेमा निुशल्क उपलब्ध गराइदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए ।
नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गदै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्त तत्व निशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे ।
रेडक्रसले मानवीय सेवामा गदै आएको कामको मन्त्री थापाले प्रसंसा गरे ।
साधारण सभामा नेपाल रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले रक्तसँचालन, एम्बुलेन्स र विपद्का बेलालाई केन्द्रीत गरेर प्रदेश गोदाम घरको व्यवस्था गरिएको बताए ।
प्रदेशमा १ लाख २७ हजार ४६५ स्वयंसेवक रहेको ढकालले जानकारी दिए । रेडक्रसका शाखा र उपशाखा मार्फत प्रदेशमा २७ वटा एम्बुलेन्स, ८ वटा ब्लड बैंक र १३ वटा ब्लड बैंकका युनिट सँचालन रहेका छन् ।
यो वर्ष ५० हजार २ ८५ युनिट रगत वितरण भएको छ ढकालले जानकारी दिए । प्रदेशमा गोदाम घर ब्यवस्थित गर्न नसक्दा भण्डारमा समस्या भएकाले गोदाम घर निर्माणका लागि सहयोग गर्न ढकालले प्रदेश सरकारसंग माग गरे ।
प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०३:१५




