काठमाडौं ।
संघीय संसदअन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् साथै आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदस्यहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूचि रहेके छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति २०८२ वैशाख २२ गते सोमबार ०९:३९




