पोखरा ।
नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन पोखरामा हुँदैछ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेको जनाएको हो ।
३ दिनसम्म चल्ने महाधिवेशनले ९ पदाधिकारीसहित १५१ केन्द्रीय कमिटीको चयन गर्नेछ । केन्द्रीय कमिटी ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने संघका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
हालका अध्यक्ष क्षितिज थेवेले पुनः अध्यक्ष नदोहोरिने घोषणा गरिसकेका छन् । यसर्थ यो महाधिवेशनले नयाँ अध्यक्ष पाउने निश्चित छ । स्रोतका अनुसारका अध्यक्षमा ४ जनाको दाबी छ । तिन उपाध्यक्ष महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्ष बन्ने आकाक्षा देखाएका छन् । सुमन यसअघि दुई कार्यकाल उपाध्यक्ष भई महासचिव बनेका थिए ।
महासचिवमा पनि हालका सविच पर्वत भण्डारी र विनय शाह सहितको आकाक्षा छ । कार्यकारी पद भएकाले अध्यक्ष नपाउने उपाध्यक्ष पनि महासचिव बन्न सक्ने सम्भावना पनि रहने स्रोतको दाबी छ ।
महाधिवेशनमा देशैभरबाट करिब २ हजार प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । यो महाधिवेशनले युवाहरुमा बढ्दो निराशा र विदेश पलायन रोक्न, उद्यमशीलता, राजेगाी र स्वरोजगारीको सुनिश्चिता गर्न दिशा निर्देश गर्ने आयोजकको विश्वास छ ।
प्रकाशित मिति २०८२ वैशाख २३ गते मंगलबार ०७:४४




