२०८३ साउन २१ गते बिहीबार

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरुः सञ्चारमन्त्री

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरुः सञ्चारमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २४ गते बुधबार ०३:४६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै शुरु भएको बताएका छन् । बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई...

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै शुरु भएको बताएका छन् ।

बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नोट बाहेकका सबै छपाईका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताए ।

जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ ।

मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया शुरु गरेको बताए ।

उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताए । उनले चलचित्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताए चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरी राजश्व आर्जनको महत्वपूर्ण क्षेत्र बनाउने उनको भनाइ छ  ।

सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चत गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०३:४६
हजुरको प्रतिक्रिया