२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : साेमबार थप २३ जनाकाे ज्यान गयाे

काेराेना अपडेट : साेमबार थप २३ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २१ गते सोमबार ०६:४२

पाेखरा । बितेको २४ घण्टामा देशभर २३ जनाकाे काेराेना भाइरस संक्रमणाबाट ज्यान गएकाे छ । साेहि अवधीमा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट...

२ हजार ६२२ जना संक्रमित थपिए, २ हजार २११ जना संक्रमणमुक्त

पाेखरा । बितेको २४ घण्टामा देशभर २३ जनाकाे काेराेना भाइरस संक्रमणाबाट ज्यान गएकाे छ । साेहि अवधीमा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ हजार २११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार पुगेको छ । काेराेना संक्रमणबाट देशभर मृतकको संख्या ९ हजार २४८ पुगेको छ।

प्रकाशित मिति २०७८ असार २१ गते सोमबार ०६:४२
हजुरको प्रतिक्रिया