काठमाडौं ।
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी र छलफलमा उठेका प्रश्नहरुको जवाफ हुनेछ । राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८२÷०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । आ.व. २०८२/०८३ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । सभामुखले सम्माननीय राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आ.व. २०८२÷०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने, राष्ट्रपतिबाट सम्वत २०८२ साल वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने, अध्यक्षले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गने, अध्यक्षले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभा समक्ष पेश गने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश हुनेछ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव वाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गने कार्यक्रम रहेको छ । अध्यक्षले पूर्वमन्त्री एवं राष्ट्रिय सभा र प्रतिनिधि सभाका पूर्व सदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गगर्ने कार्यसूचि रहेको छ ।
प्रकाशित मिति २०८२ वैशाख २८ गते आइतबार ०९:४९




