२०८३ असोज २६ गते सोमबार

नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छः एमाले

नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छः एमाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २८ गते आइतबार ०२:४४

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक...

काठमाडौं ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरूको जस्तो ‘भद्दा’, कानूनी दृष्टिले कमजोर र स्रोतसाधनविहीन नरहेको जिकिर गरे ।

उनले सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा ९एमाले०बीचको आपसी समझदारीको जगमा नीति तथा कार्यक्रम आएको बताउँदै यसले विद्यमान चुनौतीहरू सामना गर्दै नीतिगत स्थिरता कायम गर्ने विश्वास व्यक्त गरे ।

नीति तथा कार्यक्रम घोषणात्मक र आकर्षक शब्दहरूमा सीमित नभई, मुलुकको वास्तविकता र सीमामा आधारित रहेको बर्तौलाको जिकिर छ । सरकारको नीति तथा कार्यक्रमले देशमा नीतिगत स्थायित्व ल्याउने, दीर्घकालीन योजना कार्यान्वयनको बाटो खोल्ने र वर्तमान राजनीतिक सहकार्यलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे । ।

उनले भने, ‘सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, कानूनको कसीमा एकदमै कमजोर, स्रोत साधनबिहिन तथा लोरिझ्याइँ मात्र गर्ने छैन । सुन्दा कर्णप्रिय जस्तो लाग्ने, घोषणाको पुलिन्दाभन्दा धेरै माथि उठेर मुलुकको विद्यमान आर्थिक, सामाजिक परिवेशको वास्तविक सीमा र धरातलमा टेकेर यथार्थपरक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ । सत्ता साझेदार दलहरु विषेशगरी नेपाली काँग्रेस र नेकपा ९एमाले० को बीचमा भएको आपसि समझदारीको जग र आलोकमा यो नीति तथा कार्यक्रम आएको हामी पाउँछौँ । त्यसैले यसले आजको विद्यमान चुनौतिहरुलाई सामना गर्दै अगामी दिनमा मुलुकलाई नयाँ ढंगले दिशा निर्देश गर्ने तथा नीतिगत स्थिरता कायम गर्ने यो कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।’

प्रमुख प्रतिपक्षी दलहरुले नीति तथा कार्यक्रममाथि सिर्जनात्मक आलोचना नभई विरोधका लागि मात्र आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति २०८२ वैशाख २८ गते आइतबार ०२:४४
हजुरको प्रतिक्रिया