२०८३ साउन २१ गते बिहीबार

इण्डोनेसियाली सेनाको गोलाबारुद डिस्पोजल विस्फोटमा १३ जनाको मृत्यु

इण्डोनेसियाली सेनाको गोलाबारुद डिस्पोजल विस्फोटमा १३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३० गते मंगलबार ०१:३४

सोमवार पश्चिम जाभा प्रान्तमा म्याद सकिएका गोलाबारुद नष्ट गर्दा १३ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् । घटना जकार्ता समयअनुसार बिहान ९ः३० बजे गरुट रिजेन्सीको सागरा गाउँमा भएको थियो । पीडितहरूमा चार सैनिक र नौ बासिन्दा...

सोमवार पश्चिम जाभा प्रान्तमा म्याद सकिएका गोलाबारुद नष्ट गर्दा १३ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् ।

घटना जकार्ता समयअनुसार बिहान ९ः३० बजे गरुट रिजेन्सीको सागरा गाउँमा भएको थियो । पीडितहरूमा चार सैनिक र नौ बासिन्दा रहेका छन् ।

इण्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायनाले इण्डोनेसियाली सेनाका चार कर्मचारी र समुदायका नौ सदस्य मारिएका बताउनु भयो । सेनाको टोलीले पहिले सबै उपकरणहरूको निरीक्षण गरिसकेको थियो र तिनीहरू सुरक्षित अवस्थामा रहेको पुष्टि गरेको थियो ।

प्रकाशित मिति २०८२ वैशाख ३० गते मंगलबार ०१:३४
हजुरको प्रतिक्रिया