२०८३ असोज २६ गते सोमबार

संघीय संसदअन्तर्गत दुबै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुबै सदनको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १ गते बुधबार ०८:५३

काठमाडौं । संघीय संसद अन्तर्गत बुधबार दुबै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि...

काठमाडौं ।

संघीय संसद अन्तर्गत बुधबार दुबै सदनको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गरिने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्नुहुने, आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूचि रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०८:५३
हजुरको प्रतिक्रिया