२०८३ साउन २१ गते बिहीबार

विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक देवीलाल शर्मालाई विभाग प्रमुखबाट हटाइयाे

विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक देवीलाल शर्मालाई विभाग प्रमुखबाट हटाइयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १ गते बुधबार ११:४३

पाेखरा । पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्मा एक जना विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् । क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन...

बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग

पाेखरा ।

पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्मा एक जना विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् ।

क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् । उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग छ ।

डा. शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए ।

दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले शैक्षिक स्थलमा जातीय विभेदका घटना पटक-पटक हुनु आपत्तिजनक भएको बताएका छन् । समाजले विज्ञप्ति निकाल्दै कारबाही माग गरेपछि क्याम्पसमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, दलित विद्यार्थी समाज, तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

क्याम्पस प्रमुख पाठकले शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट विशेष परिस्थितिका कारण हटाइएको पत्र थमाएका हुन् । वैशाख २६ मा विभाग प्रमुख बनेका डा. शर्माको जिम्मेवारी ५ दिनमै खोसिएको हो ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ११:४३
हजुरको प्रतिक्रिया