२०८३ साउन २१ गते बिहीबार

सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्णः राष्ट्रपति

सरकारी कारोबारमा बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतिपूर्णः राष्ट्रपति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १ गते बुधबार ०१:३५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती भएको बताएका छन्। बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।...

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौती भएको बताएका छन्।

बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए। उनले वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारी अझ बढी जवाफदेही बन्नु आवश्यक रहेको बताए। सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने बताए।

राष्ट्रपति पौडेलले भने, ‘विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको छ। सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो।’

राष्ट्रपति पौडेलले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०१:३५
हजुरको प्रतिक्रिया