काठमाडौं ।
संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्नुहुने, आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूचि रहेको छ ।
त्यसैगरी बिहीबार नै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान सवा ८ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्त दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन, अन्तरक्रिया लगायत समितिको कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।
प्रकाशित मिति २०८२ जेठ २ गते बिहीबार ०८:४८




