२०८३ साउन २१ गते बिहीबार

मे १८ सम्म युद्धविराम बढाउन भारत र पाकिस्तान सहमत

मे १८ सम्म युद्धविराम बढाउन भारत र पाकिस्तान सहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३ गते शुक्रबार ११:१४

बिहीबार वार्ता गरेर दुवै देशले युद्धविराम लम्ब्याउन सहमति जनाएको पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बताएका हुन् ।
संसदलाई सम्बोधन गर्दै डारले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेका थिए ।

एजेन्सी\सिन्ह्वा ।

पाकिस्तान र भारतले जारी युद्धविरामलाई मे १८ सम्म लम्ब्याउन सहमत भएका छन् ।

बिहीबार वार्ता गरेर दुवै देशले युद्धविराम लम्ब्याउन सहमति जनाएको पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बताएका हुन् ।

संसदलाई सम्बोधन गर्दै डारले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेका थिए ।

युद्धविराम शुरुमा मे १० मा मे १२ सम्म रहने सहमति भएको थियो । पछि यसलाई मे १४ सम्म बढाइएको थियो ।

अब युद्धविराम मे १८ सम्म थपिएको छ ।

डारले सैन्य स्तरको सञ्चार अहिलेसम्म युद्धविराम कायम राख्न महत्वपूर्ण भुमिका खेलेको र मे १८ पछि राजनीतिक वार्ता शुरु हुने बताएका छन् ।

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ११:१४
हजुरको प्रतिक्रिया