२०८३ साउन २१ गते बिहीबार

रूस र युक्रेनबीचको वार्ता सकारात्क : एक हजार युद्धबन्दी आदानप्रदानको सहमति

रूस र युक्रेनबीचको वार्ता सकारात्क : एक हजार युद्धबन्दी आदानप्रदानको सहमति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ४ गते शनिबार ११:०९

दुई घण्टाको वार्ताको प्रमुख परिणामको रूपमा रूस र युक्रेनले प्रत्येक पक्षबाट १ हजार जना सम्मिलित कैदीहरूको आदानप्रदानमा सहमति जनाएका हुन् ।

एजेन्सी सिन्ह्वा ।

रूस र युक्रेनका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुलमा आफ्नो बैठक सम्पन्न गरेका छन् ।

हिजो भएको बैठकमा दुई देशले नयाँ चरणको वार्ता गर्ने र ठूलो मात्रामा कैदीहरूको आदानप्रदान गर्ने सहमति जनाएका छन् ।

दुई घण्टाको वार्ताको प्रमुख परिणामको रूपमा रूस र युक्रेनले प्रत्येक पक्षबाट १ हजार जना सम्मिलित कैदीहरूको आदानप्रदानमा सहमति जनाएका हुन् ।

रूसी कूटनीतिक स्रोतहरूकाअनुसार राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले आदानप्रदान चाँडै हुने बर्ताएका छन् ।

उनले बैठकप्रति समग्र सन्तुष्टि पनि व्यक्त गरे । रूस वार्ता जारी राख्न तयार रहेको पनि उनले प्रष्ट पारे ।

प्रकाशित मिति २०८२ जेठ ४ गते शनिबार ११:०९
हजुरको प्रतिक्रिया