२०८३ असोज २६ गते सोमबार

सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल

सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैनः झलनाथ खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ४ गते शनिबार ०१:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई...

काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताए ।

कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ ।

आजका अवस्थामा आफूहरुको निशाना को हो रु कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए ।

त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘आजको प्रधान अन्तरबिरोध के हो रु त्यो कुरालाई सही ढंगले निक्र्यौल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका बिरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं नेपालमा रु यो कुरालाई स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरु बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ । एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरु प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काउ हुने कारणले समूहरु प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो । कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु खासगरी यतिबेला दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताए ।

्दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ ४ गते शनिबार ०१:१८
हजुरको प्रतिक्रिया