२०८३ साउन २१ गते बिहीबार

हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा स्थगित भयोे रविसहितको पेसी

हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा स्थगित भयोे रविसहितको पेसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ५ गते आइतबार ०२:००

पोखरा । रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्राचारमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाई स्थगित गरिएको छ । उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय...

अभियोगपत्रसहितको सक्कल मिसिल झिकाउन आदेश

पोखरा ।

रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्राचारमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाई स्थगित गरिएको छ ।

उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो । तर, कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो । सोही पत्रका आधारमा उच्च अदालतले आजको पेसी स्थगित गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधिश रत्नबहादुर बागचन्द र न्यायाधिश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न आदेश दिएको हो ।

उक्त पत्रमा पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदन सहितको जानकारी गराउनु समेत अदालतले आदेश दिएको छ ।

योसँगै अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्र सहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउन समेत आदेश लिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध दुवै पक्ष पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०२:००
हजुरको प्रतिक्रिया