२०८३ साउन २१ गते बिहीबार

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

भारतकाे हैदराबादमा आगलागी, ८ बालबालिकासहित १७ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ५ गते आइतबार ०४:४४

भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय...

भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका अग्नि विभागका अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीले जनाएको छ ।

सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा २१ जना मानिस रहेका थिए । भवनको पहिलो र दोस्रो तलामा जान एउटामात्र सिँढी भएकाले उद्धार कार्यमा निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रुपैयाँ र घाइते भएकाहरूलाई ५० हजारको अनुदान घोषणा गरेका छन् ।

यस्तै तेलङ्गाना राज्यका मुख्यमन्त्री ए रेवन्त रेड्डीले पनि घटनाप्रति शोक व्यक्त गर्दै घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०४:४४
हजुरको प्रतिक्रिया