पोखरा ।
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ चिकित्सा संस्कृति मञ्च सुरु भएको छ ।
रोटरी क्लब अफ पोखरासँगको साझेदारीमा मणिपाल शिक्षण अस्पतालले अस्पतालमा ३ दिवसीय परम्परागत चिनियाँ चिकित्सा संस्कृति मञ्च सुरु गरेको हो ।
उपचार पद्धतिलाई जानकारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । मञ्चमा चिन, मलेसिया र मकाओका करिब १५ जना डाक्टरहरु सहभागी भएका छन् । उनीहरुले उपचार पद्धतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
उक्त कार्यक्रमअन्तर्गत परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई विश्वसामु चिनाउने र विभिन्न संस्कृतिका बीच स्वास्थ्यसम्बन्धी सम्वादको अवसर सिर्जना गर्ने कार्य गर्दै आएको छ । यसको पहिलो कार्यक्रमको मकाओमा भएको थियो । पहिलो दिन महागुरु यू. पण्डित आनन्दले आफ्ना भनाइ राखेका थिए । दोस्रो र तेस्रो दिन बिहान ९ बजेबाट परामर्श सुरु हुनेछ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो कार्यक्रमले नयाँ नयाँ उपचार प्रणालीको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले प्राकृतिक उपचार प्रणालीलाई विकास गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०७:३९




