२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीसँग युरोपियन युनियनका प्रतिनिधि मण्डलको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युरोपियन युनियनका प्रतिनिधि मण्डलको शिष्टाचार भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०१:२१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदुत र भारतको...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदुत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदुतहरुको उपस्थिति थियो ।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदुतहरु एकै पटक नेपाल आएका हुन् ।

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कुटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०१:२१
हजुरको प्रतिक्रिया