२०८३ असोज २६ गते सोमबार

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह

स्वदेशी उत्पादनलाई बढी प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०१:२७

काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् । सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा २२ २२ मिलियन मेट्रिक...

काठमाडौं ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् ।

सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताए ।

उनले स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताए ।

स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने जिकिर गरे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘सिमेन्टको कुरा गर्दा २२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले स्वदेशमै उत्पादन गर्ने गरेका छौँ । कस्टको लागि हेर्ने हो भने सामग्रीहरु आयात गर्नु भन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गर्दा प्रोडक्शनलाई पनि बढवा दिन्छ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न उल्लेखनिय रुपमा भुमिका खेल्छ । यस पक्षलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०१:२७
हजुरको प्रतिक्रिया