२०८३ साउन २१ गते बिहीबार

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैनः गृहमन्त्री

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैनः गृहमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०४:१६

गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले कुनैपनि धर्मलाई असहिष्णु,...

गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने उल्लेख गरे ।

उनले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने भन्दै । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने जिकिर गरे ।

हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको उनको भनाई छ ।

गृहमन्त्री लेखकले भने , ‘कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन । धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन । कुनैपनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन । कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन । हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्दछ । त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित छ । जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन ।’

गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरित भएकाले कुनैपनि हालतमा उचित मान्न नसकिने बताए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०४:१६
हजुरको प्रतिक्रिया