२०८३ साउन २१ गते बिहीबार

समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन तर रोजिसकेपछि यही कायम रहन्छः प्रधानमन्त्री

समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन तर रोजिसकेपछि यही कायम रहन्छः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार ०५:०१

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् । सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै...

काठमाडौ ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको उल्लेख गरे ।
उनले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताए ।
समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने उनले जिकिर गरे ।

यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न उनले निर्देशन दिए ।
नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमात जस्तो नभएको उनले बताए । अराजकता सदैव आफूहरुको शत्रु भएको उनको धारणा छ ।
प्रधानमन्त्री ओलीले भने ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौँ । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौँ । यो असम्भव छैन । यो बिल्कुलै सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नसक्ने, नदिने खालको भरसक त्यस्तो प्रणाली हामी कहाँ छ । तर हामीले धेरै भोट र धेरै सिट ल्यायौँ भने कसैलाई बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ । समानुपातिक प्रणाली साधारणतया हंग पाल्र्यामेण्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन, साधारणतया । साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ । यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ । त्यसकारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार ०५:०१
हजुरको प्रतिक्रिया