२०८३ साउन २१ गते बिहीबार

सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन

सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ०४:३०

पोखरा ६, जेठ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् । मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व...

पोखरा ६, जेठ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् ।

मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।

उपमहासचिव वर्षमान पुनले भने, सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ ।

तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ ।

अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ ।

पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ ।

कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए ।

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे ।

गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो ।

उनले अहिले चर्चा गरिएका व्यक्तिहरू गभर्नर नियुक्त नहुने पनि तर्क गरे ।

अहिले रिक्त भएको २ महिनासम्म नियुक्ति हुन सकेको छैन अहिले चर्चा गरिएका मान्छे पनि नियुक्त हुँदै छैनन् ।

सरकार बिचौलियाले नै सञ्चालन गरिरहेको पुनले दाबी गरे ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०४:३०
हजुरको प्रतिक्रिया