२०८३ साउन २१ गते बिहीबार

युनियन लाइफको साधारण शेयर बिक्री आजदेखि खुल्ला

युनियन लाइफको साधारण शेयर बिक्री आजदेखि खुल्ला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २३ गते बुधबार ०८:०१

पाेखरा । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते अर्थात आजबाट सर्वसाधारणहरूको लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नाे जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता...

पाेखरा । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते अर्थात आजबाट सर्वसाधारणहरूको लागि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नाे जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

उक्त सेयर कित्तामध्ये पाँच प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने पाँच प्रतिशतले नै हुन आउने तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख पाँच हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०८:०१
हजुरको प्रतिक्रिया