२०८३ असोज २६ गते सोमबार

विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ८ गते बुधबार १२:५९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन्। बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले...

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन्।

बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताए।

उनले समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गरे। प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए। कुलमान दोषी भए कानूनअनुसार कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरुले अर्को डिट सिस्टमबाट लैजानुभयो । त्यही कुरा त भन्नुपर्छ नि । विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो मन्त्रीज्युको कुरा अनुसार । विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ । सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ । हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । विलम्व नगरी सबैका कुरा सुनेर हामी निर्णय गरौँ । कुलमानजीको गल्ती रहेछ भने नेपालको कानूनले कसैलाई छोड्ने कुरा आउँदैन ।’

उनले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने बताए।

प्रकाशित मिति २०८२ जेठ ८ गते बुधबार १२:५९
हजुरको प्रतिक्रिया