पक्राउ परेका महिला थप अनुसन्धानका लागि थुनामा
पाेखरा । पाेखरामा युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१० रामबजार स्थित एक होटलमा राम्रो काममा लगाइदिने आश्वासनमा युवतीलाई बोलाएर जबर्जस्ती यौन शोषण गराउन खोजेको अभियोगमा कास्की प्रहरीले दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा -१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका -१० हंसपुर घर भइ हाल पोखरा रामबजार बस्दै आएकी ४० वजर्षीया आइतीमाया गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार उनीहरुले शुरुमा युवतीलाई राम्रै व्यवहार गरेपनि केहिदिन पश्चात होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक देखाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरु विरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको छ भने, पीडित युवतीलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०८:५२




