२०८३ असोज २६ गते सोमबार

भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ : संघीय लोकतान्त्रिक मोर्चा

भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ : संघीय लोकतान्त्रिक मोर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०९:२९

जनमत पार्टीको सम्पर्क कार्यालय बानेश्वरमा बसेको बैठकले विधेयकले वनजंगल विनाश, जैविक विविधता नष्ट, र तराई–मधेसको मरुभूमिकरण निम्त्याउने तथा बसाईंसराइबाट जनसंख्या वृद्धि भई संकट सिर्जना गर्ने चेतावनी दिइएको छ ।

काठमाडौं ।

संघीय लोकतान्त्रिक मोर्चाले संसदमा सरकारले प्रश्तुत गरेको “भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक” को विरोध गरेको छ ।

विधेयकले भूमिहीन र सुकुम्वासीको हितमा नभई भूमाफिया, जग्गा दलाल र वन तस्करलाई फाइदा पु¥याउने ठहर गरेको हो ।

जनमत पार्टीको सम्पर्क कार्यालय बानेश्वरमा बसेको बैठकले विधेयकले वनजंगल विनाश, जैविक विविधता नष्ट, र तराई–मधेसको मरुभूमिकरण निम्त्याउने तथा बसाईंसराइबाट जनसंख्या वृद्धि भई संकट सिर्जना गर्ने चेतावनी दिइएको छ ।

बैठक पछि जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले संसदमा टेबल भएको विधेयकले संविधानको अनुसूचि ६ मा उल्लिखित प्रदेशको भूमि व्यवस्थापन अधिकारमाथि हस्तक्षेप गरेको र असंवैधानिक भएको मोर्चाले निष्कर्ष निकालेको बताए ।

हालको ऐनले नै सुकुम्वासी समस्या समाधान गर्न पर्याप्त भएकोले विधेयक फिर्ता लिनसंघीय लोकतान्त्रिक मोर्चाले सरकारसँग माग गरेको उनले उल्लेख गरे ।

हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिक्टा र बागमती कमला सिंचाई आयोजना, त्रियुगा नहर पुनर्निर्माण, उत्तर–दक्षिण सडक, चुरे संरक्षण र बाढी नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ । साथै शिक्षा, स्वास्थ्य, र कृषिमा पर्याप्त बजेट मागिएको छ ।

जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा डा. सीके राउतको अध्यक्षतामा मोर्चाको बैठक बसेको थियो ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०९:२९
हजुरको प्रतिक्रिया