२०८३ साउन २१ गते बिहीबार

पाेखरा १७ मा वेब पेज डिजाइनिङ तालिम शुरू

पाेखरा १७ मा वेब पेज डिजाइनिङ तालिम शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ९ गते बिहीबार ०५:३४

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा बुधवारदेखि वेब पेज डिजाइन एन्ड डेभलपमेण्ट तालिम सुरु भएको छ । १५ दिन सम्म चल्ने उक्त तालिममा पोखरा–१७ को वडा कार्यालयबाट छनौटमा परेका युवा विद्यार्थीको सहभागिता रहेको छ । तालिममा नीति...

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ मा बुधवारदेखि वेब पेज डिजाइन एन्ड डेभलपमेण्ट तालिम सुरु भएको छ ।

१५ दिन सम्म चल्ने उक्त तालिममा पोखरा–१७ को वडा कार्यालयबाट छनौटमा परेका युवा विद्यार्थीको सहभागिता रहेको छ । तालिममा नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्बर खडायत, बिपना चपाईले सहजीकरण गर्नेछन् ।

पोखरा–१७ वडा कार्यालयको युवा सचेतना तथा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडा भित्रका १५ जना युवा विद्यार्थीलाई निःशुल्क तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १७ कि वडा अध्यक्ष राधिका कुमारी शाहीले पछिल्लो समय भएको प्रविधिको विकाससँग जोड्न यो तालिम फलदायी हुने बताइन् ।

‘यो तालिमको आयोजना गरेर नीति एकेडेमीले युवाहरूलाई प्रविधिसँग जोड्ने काम गरेको छ जुन सकारात्मक छ’ उनले भनिन्, ‘तालिमको भरपुर उपयोग गर्न म सहभागीलाई अनुरोध गर्दछु ।’

वडा सदस्य शिवराम भण्डारीले युवालाई रोजगारी सृजना गर्न यो कार्यक्रम कोषढुड्डा साबित हुने बताए ।

वडा सचिव सुरेन्द्र सापकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताए । नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डम्बर खडायत र सञ्चालन बिपना चपाईले गरेकी थिइन् ।

प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०५:३४
हजुरको प्रतिक्रिया