पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताएका छन्।
अभियानका क्रममा पोखरा आइपुगेका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बैतडीदेखि सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताए।
अध्यक्ष प्रचण्डले भने, “स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा एमालेका सरकार भएका ठाउँमा समेत अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ। सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ। यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ।”
मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिवार पोखरामा सभा आयोजनापछि सम्पन्न हुने अध्यक्ष प्रचण्डले जानकारी दिए।
उनले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०९:३१




