२०८३ साउन २१ गते बिहीबार

अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ११:३४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिएका छन् । जुनको अन्त्यमा यो लागू हुने उनको भनाइ छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिएका छन् ।

जुनको अन्त्यमा यो लागू हुने उनको भनाइ छ । सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिष्पर्धी हो । केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताए । ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी समेत दिए ।

जुन १, २०२५ देखि युरोपेली संघमा सिधा ५० प्रतिशत ट्यारिफ सिफारिस गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ११:३४
हजुरको प्रतिक्रिया