२०८३ असोज २६ गते सोमबार

सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न छौं : मन्त्री गुरुङ

सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न छौं : मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ०५:५३

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको दाबी गरे ।

पोखरा ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रायलले पोखरामा आयोजना गरेको पत्रकारितामा महिलाहरुको सहभागिता बारे छलफल कार्यक्रममा मन्त्री गुरुङले आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका हुन् । उनले सरकारको आलोचना गर्दा तथ्यमा रहेर गर्नुपर्ने बताए ।

उनले विरोधका लागि विरोध मात्रै नगर्न उनले सचेत पनि गराए । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूले नेपालको कानुन मान्नै पर्ने उनले उल्लेख गरे । मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा रहेको बताउदै सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयकले नियन्त्रण गर्ने सञ्चारमन्त्री गुरुङको भनाइ थियो । मन्त्री गुरुङले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगरेको जिकिर गरे ।

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको दाबी गरे । उनले सामाजिक सञ्जालका कारण साइबर क्राइम बढेको उल्लेख गरे ।

१९ हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएको उनले जानकारी दिए । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:५३

हजुरको प्रतिक्रिया