२०८३ साउन २१ गते बिहीबार

पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्न जरुरी छ : धिताल

पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्न जरुरी छ : धिताल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ०६:००

विभिन्न समितिका पदाधिकारी, दलका सचेतक तथा पत्रकारहरूको सहभागितामा कार्यक्रम भएको हो ।

पोखरा ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय अभ्यास र पत्रकारिताबारे अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख धितालले पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताएका हुन् ।

उनले पत्रकारितालाई संसद र जनताको सेतु बनाउनुपर्ने उल्लेख गर्दै समाजमा चुनौती थपिएको बताए । उनले संरचनात्मक सुधार हुँदै गरेको उल्लेख गरे ।

अधिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास पुस्तकका लेखक डाक्टर जगत नेपालले प्रस्तुति राखेका थिए । उनले नेपालको संसदीय अभ्यास र पत्रकारिताको इतिहासबारे चर्चा गरे । कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले पनि गण्डकीमा बनेका कानुन, कार्यन्यवयनको अवस्थाबारे सहजीकरण गरेका हुन् ।

प्रदेश सभाको अर्थ तथा विकास समितिको सभाहलमा संसदसँग जोडिएका विभिन्न समितिका पदाधिकारी, दलका सचेतक तथा पत्रकारहरूको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपसभामुख विनाकुमारी, सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेल, प्रदेस सभा सचिवालयका सचिव हरिराज पोखरेल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष भरत कोइराला, पत्रकार बासुदेव पौडेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०६:००
हजुरको प्रतिक्रिया