काठमान्डौं ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताएका छन्
आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताए ।
उनले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताए । सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडी बढाउनुपर्ने जिकिर गरे ।
उनले भने, “अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र रु के पायौँ र रु भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन् । डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुर्न बहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो । यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ ।”
उनले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको सङ्घर्ष र खेलकुदको विकासको लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गरे ।
प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०२:४१




