२०८३ असोज २६ गते सोमबार

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः सशांक कोईराला

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः सशांक कोईराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १३ गते सोमबार ०१:१२

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् । सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग...

काठमाडौं ।

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन् ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उनको चरित्र हत्या गर्ने काम भएकोप्रति आपूm स्पष्ट भएको बताएका हुन् ।

गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उनीमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिए ।

नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताए ।

प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताए ।

उनले च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पारे ।

उनले भने, ‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्चपनि उहाँले गल्ती गर्नुभएको छैन । जतिपनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ । हामीले के भनेका छौं भने सभापतिलाई बोलाएर सोध्न भनेका हौं । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरुलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौं । एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनील र राजेन्द्र बजगाईसँग स्पष्टिकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरुसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ । प्रधानमन्त्रीको अभिव्यक्तिबारे– म कन्स्नट्रेशनको राजनीतिमा मलाई विश्वास छैन । यो मारकाटका कुरा गर्दा जे पनि हुनसक्छ । यसको समाधानका लागि बसेर छलफल गर्ने हो । मुठभेड गरेर कसैलाई फाइदा पुग्दैन । नेपालको लागि अहिले विकास र स्थिरता चाहिएको छ । स्थिरता र विकासका लागि हामी मिलेर जानुपर्छ । न कि कन्स्नट्रेशनको बाटो । राजनीतिमा च्यालेन्ज फेस गर्न सक्नुपर्छ र त्यसलाई चिर्दै निश्चित बाटो निकाल्न सक्नुपर्छ । यसप्रकारको मुठभेड राष्ट्रको लागि राम्रो होइन ।’

उनले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ जेठ १३ गते सोमबार ०१:१२
हजुरको प्रतिक्रिया