२०८३ साउन २१ गते बिहीबार

बिहीबार गण्डकीमा थप ५ जनाकाे ज्यान गयाे, २६९ संक्रमित थपिए

बिहीबार गण्डकीमा थप ५ जनाकाे ज्यान गयाे, २६९ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २४ गते बिहीबार ०५:३८

पाेखरा। बिहीबार गण्डकीमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे अवधीमा थप पाँच जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।  आज मृत्यु पुष्टी हुनेहरूमा कास्कीका चार जना र पर्वतका एक जना रहेका छन्...

पछिल्लाे २४ घण्टामा थप ३५२ जना संक्रमणमुक्त

पाेखरा। बिहीबार गण्डकीमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे अवधीमा थप पाँच जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।  आज मृत्यु पुष्टी हुनेहरूमा कास्कीका चार जना र पर्वतका एक जना रहेका छन् । याेसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८१ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १४१ जनामा गरिएको नमुना परीक्षणबाट २६९ जनामा कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८६ जना, तनहुँका नौ जना, गोरखाका ३३ जना, लमजुङका ३२ जना, नवलपुरका ४८ जना र स्याङ्गजाका ४५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका पाँच जना र म्याग्दी जिल्लाका ११ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५८ हजार ३४८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३५२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५४ हजार २०४ पुगेको छ।

प्रकाशित मिति २०७८ असार २४ गते बिहीबार ०५:३८

हजुरको प्रतिक्रिया