२०८३ साउन २१ गते बिहीबार

कृषि

प्रदेश नं. ५ सरकारले एकै पटक माग्याे यति धेरै कृषि प्राविधिकहरू

प्रदेश नं. ५ सरकारले एकै पटक माग्याे यति धेरै कृषि प्राविधिकहरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २९ गते सोमबार ११:१२

प्रदेश नं. ५ सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकैपटक १७१ जना कृषि प्राविधिकहरूकाे आवेदन मागेकाे छ । करार सेवामा काम गर्नका लागि मागिएकाे आवेदनमा असाेज १० गतेसम्म फारम पेश गर्न सकिनेछ । मन्त्रालय मातहतका...

प्रदेश नं. ५ सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकैपटक १७१ जना कृषि प्राविधिकहरूकाे आवेदन मागेकाे छ । करार सेवामा काम गर्नका लागि मागिएकाे आवेदनमा असाेज १० गतेसम्म फारम पेश गर्न सकिनेछ ।

मन्त्रालय मातहतका कार्यालयहरू तथा स्थानिय तहमा काम गर्नका लागि इन्जिनियर, अधिकृत, पशु चिकित्सक लगायतका २७ वटा विभिन्न विभिन्न पदहरूमा अधिकृत तथा सहायक स्तरका यी जनशक्तीकाे माग गरेकाे हाे । आवेदनका लागि अधिकृत तहमा एक हजार रूपैयाँ दस्तुर तथा सहायक तहमा पाँच सय रूपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।

अधिकृत स्तर तहकाे हकमा २१ वर्ष पुरा गरेकाे र सहायक स्तर तहकाे हकमा १८ वर्ष पुरा गरेकाे तर ३५ वर्ष ननाघेकाे र महिलाकाे हकमा ४० वर्ष ननाघेकाे नेपाली नागरिकले यसमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसबाट प्रदेश नं. ५ काे कृषकहरू लाभान्वित हुने प्रदेश सरकारकाे अपेक्षा छ ।

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार ११:१२
हजुरको प्रतिक्रिया