के खुल्छ, के खुल्दैन हेर्नुहाेस्
पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीमा जारी निषेधाज्ञा थप केही खुकुलो गर्दै साउन ५ गतेसम्म थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा शुक्रबार रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप १० दिन लम्ब्याइएको हो । निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म जारी रहने छ ।
विज्ञप्ति अनुसार कास्की जिल्ला भित्र मात्र संचालन हुने गरी निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर कायमै गरिएको छ । कास्कीबाट चल्ने लामाे दूरिका सवारीसाधन भने विगतमा जस्तै चल्न पाउनेछैनन् ।
अब पसल तथा व्यापार व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म संचालन गर्न पाइने भएको छ । तर, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ भने संचालन गर्न पाइने छैन।
यस्तै निश्चित मापदण्ड अपनाएर अनलाइन डेलिभरी साँझ ७ बजेसम्म संचालन गर्न पाइनेछ । भने, ब्यूटी पार्लर, स्विमिङ, शैलुन, फुटपाथ पसलहरु अझै पनि संचालन गर्न पाइने छैन ।
विज्ञप्तिमा हेर्नुहोस् ! के-के खुल्छ, के-के खुल्दैन ?





