२०८३ साउन २१ गते बिहीबार

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०१:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा...

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको बताए ।

उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौति दिए ।

मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाती, नातीले कुन दिन पनाती जन्माउँछ, जन्मिदै गरेको पनातीलाई जिम्मा दिउँ भन्नेकुरा आउला । त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन । मुलुक सञ्चालन गर्ने यदी कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिष्पर्धाको मैदानमा चुनौति दिन्छाँै । प्रतिष्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुप¥यो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन । सम्भव हुन दिँदैनौँ । हिजो पनि गणतन्त्रको निम्ति हाम्रो पार्टीले नै अग्रगामी भुमिका खेलेको थियो । अरुमा त्यस्तो आँट देखिएको थिएन ।’

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गरे । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०१:०७
हजुरको प्रतिक्रिया