२०८३ साउन २१ गते बिहीबार

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १६ गते बिहीबार ०२:२४

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ मा मुलुकको आर्थिक वृद्धि ४।६१ प्रतिशत रहने भएको छ । आज संसदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१÷८२ को आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै सोबारे जानकारी...

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१र८२ मा मुलुकको आर्थिक वृद्धि ४।६१ प्रतिशत रहने भएको छ ।

आज संसदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१÷८२ को आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै सोबारे जानकारी गराएका हुन् ।

उनले प्रदेशगत रूपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४।६१ प्रतिशत भन्दा माथि रहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलकाअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५।१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२।८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२।०१ प्रतिशत रहने अनुमान छ । प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४।७२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४।७ प्रतिशत र सङ्घीय राजस्व १२।६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिवद्धता उल्लेख्यरूपमा बढेको छ । यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु।१६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३।८ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले प्रश्तुत गरेको विवरण अनुसार वित्तीय पहुँच बढेको छ ।

उनले भने–‘सबै स्थानीय तहमा बैंङ्कको शाखा पुगेको छ । बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औषत २ हजार ५ सय २७ जनसंख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ । २०८१ फागुनमसान्तमा बैंङ्क तथा वित्तीय संस्थाको निक्षेप ९।५ प्रतिशत र बैंङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७।७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६।४९ बिन्दु कायम भएको छ । जीवन बीमाको पहुँच ४४।१७ प्रतिशत जनसंख्यामा पुगेको छ ।’

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७।२ प्रतिशत र वस्तु पैठारी ११।२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९।४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४।३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ । हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । कुल जडित विद्युत क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ । सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४।२३ प्रतिशत पुगेको छ भने ७२।० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।

त्यस्तै, मानव विकास सूचकाङ्क बढेर ०।६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभुत तह ९कक्षा १–८० को खुद भर्ना दर ९४।१ प्रतिशत र माध्यमिक तह ९कक्षा ९–१२० को खुद भर्ना दर ५५।८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यस अवधिसम्म ९६।८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारले बताएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेका छन् ।

प्रकाशित मिति २०८२ जेठ १६ गते बिहीबार ०२:२४
हजुरको प्रतिक्रिया