२०८३ असोज २६ गते सोमबार

२३ महिनादेखि पर्खाइमा रहेका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की

२३ महिनादेखि पर्खाइमा रहेका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १८ गते शनिबार ०३:२६

काठमाडौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आइपिओको पर्खाइमा रहेका ५६ वटा आइपिओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल आर्थिक...

काठमाडौ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आइपिओको पर्खाइमा रहेका ५६ वटा आइपिओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले पुँजीको अभावले २३ महिनदेखि झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पखाइमा रहेको बताए ।
उनले समयमै आइपिओ नआए सरकारले लिइको विद्युत उत्पादनको लक्ष्य (२८ हजार ५ सय मेगावाट) पूरा हुन नसक्ने जिकिर गरे ।
बजेटमा धेरै राम्रा कुराहरु आएपनि उर्जा क्षेत्र अघि बढ्न नसक्ने हो धी भन्ने शंका रहेको उनको भनाई छ ।
उनले भने, ‘पुँजीको अभावले अहिले झन्डै ५६ वटा आयोजनाहरु आइपिओको पर्खाइमा छन् । २३ महिना भन्दा लामो समयदेखि पखाईमा छन् । साँच्चै नै त्यो समयमा आइदिएन भने यो लक्ष्य पूरा हुन सक्नेछैन । जतिसुकै राम्रो कुरा आएपनि उर्जा क्षेत्र अघि नबढ्ने हो की भन्नेकुरा छ । खपतको आधारमा पिपिए गर्दै जाने भनिसकेपछि नेपालमा कति खपत हो । हामी त १५ सय मेगावाट उत्पादन गरेर लोड सेडिङ मुक्त देश हो की भन्ने लागिरहेका छौँ । थुप्रै इण्डस्ट्रीले बिजुली पाएन भनिरहेका छन् । हामी बिजुली धेरै भयो भनिरहेका छौँ । रन अफ द रिभर (आरओआर) प्रोजेक्टहरुलाई टेक एण्ड पेमा पिपिए गर्ने भनिसकेपछि आजको डेटा हेर्दा र नेपाल सरकारको उद्देश्य हेर्दा फरक खालको हो की भन्ने लाग्छ ।’
अध्यक्ष कार्कीले झन्डै १७ हजार मेगावाट भन्दा बढीका आयोजनाहरु रन अफ द रिभरका रहेको जिकिर गर्नुभयो । यसमा करिव ६६ खर्ब लगानी भइसकेको बताए ।
उनले चाहेको बेलामा मात्रै बिजुली किनिदिने हो भने बैंकले लगानी नगर्ने जस्तो अवस्था देखिएको उल्लेख गरे ।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिबार ०३:२६
हजुरको प्रतिक्रिया