२०८३ कात्तिक ११ गते मंगलबार

काेराेनाका कारण सनिबार थप २२ जनाकाे मृत्यु

काेराेनाका कारण सनिबार थप २२ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २६ गते शनिबार ०५:३६

पाेखरा । काेराेना भाइरसका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाले ज्यान गुमाएका छन् । यहि अवधिमा थप २ हजार १६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७...

थप २ हजार १६९ जनामा संक्रमण पुष्टि

पाेखरा । काेराेना भाइरसका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाले ज्यान गुमाएका छन् ।

यहि अवधिमा थप २ हजार १६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकाेमा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिबार ०५:३६
हजुरको प्रतिक्रिया