२०८३ कात्तिक ११ गते मंगलबार

नवलपुरको दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

नवलपुरको दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

राजु सुवेदी कल्पित

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार १०:१२

नवलपुर प्रहरीले जनाएअनुसार नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ गइरहेको दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान ठोक्किँदा देवचुली–१ निवासी ५२ वर्षीय भ्यान चालक कुलप्रसाद सुबेदी गम्भीर घाइते भई उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएका हुन् ।

नवलपुर ।

नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौली चोकमा सोमबार बिहान ८ः३० बजे एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

नवलपुर प्रहरीले जनाएअनुसार नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ गइरहेको दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान ठोक्किँदा देवचुली–१ निवासी ५२ वर्षीय भ्यान चालक कुलप्रसाद सुबेदी गम्भीर घाइते भई उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएका हुन् ।

उक्त घटनामा एम्बुलेन्समा सवार रुपन्देही, बुटवल–३ की ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र स्नेहा परियार घाइते भएका छन् ।

उनीहरूको चितवनस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

स्कुल भ्यानमा सवार देवचुली–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएकी छन् ।

उनीहरूलाई स्थानिय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार १०:१२
हजुरको प्रतिक्रिया