२०८३ साउन २१ गते बिहीबार

गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं

गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार ०३:०१

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रश्ताव गरेका छन् । सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको...

काठमाडौं ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रश्ताव गरेका छन् ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिएका हुन्।

‘ म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अंकित गर्ने कामको थालनी गर्नुपर्छ।’ थापाले भने, ‘पृथ्वीनारायण शाहकै तस्बिर छैन के नोटरु एकीकरण पृथ्वीनारायण शाहले ठूलो देशको राजा हुनलाई थाल्नुभयो होला तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले राष्ट्र एकीकरणकर्ताको फोटो नोटमा छाप्ने कुराले राष्ट्रबैँकको इज्जत बढ्छ देशको पनि इज्जत बढ्छ।’

उनले महामानव गौतम बुद्धको तस्बिर पनि नोटमा राख्न सुझाव दिए।

‘नेपालमा जन्मिएका माहामानव वुद्धलाई नोटमा देख्न पाएनौं भने नोट के नोट रु थापाले भने, ‘जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिँड्दा नागरिकलाई गौरवबोध हुने खालको हुनुपर्छ भन्ने मेरो सुझाव छ।’

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०३:०१
हजुरको प्रतिक्रिया