२०८३ असोज २६ गते सोमबार

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार ०३:२२

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिए । सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले...

काठमाडौ ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ।
सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन् ।
उनले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे ।
कुतर्कहरुको दरिलो गरी खण्डन गर्न उनले आग्रह गरे । पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ ।
अध्यक्ष ओलीले भने, ‘यो बजेटमाथि अब भोलिबाट सामान्यतया भन्दा छलफल प्रारम्भ हुँदैछ । माननीयजीहरुले त्यहाँ तर्कपूर्ण ढंगले किन बजेट ठिक छ ? तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्नुपर्नेछ । विरोधीहरुले हामीलाई हो की क्या हे भन्नेगरी धर्मर हुनेगरी कुतर्क गर्दछन् । ति कुतर्कहरुको हामीले खण्डन गर्नुपर्नेछ । दरो गरी खण्डन गर्नुपर्नेछ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्नेछ । तथ्य, तथ्यांकसहित खण्डन गर्नुपर्नेछ । त्यसका निम्ति आज तत्सम्बन्धी माननीयजीहरुले आफैँले पनि विचार बनउनु नै भएको छ । अध्ययन गर्नु नै भएको छ बजेटको । सजिलो छैन, नोट बनाएर अध्ययन गर्नुपर्छ ।’
अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोलने गरी तयार गर्न निर्देशन दिए । छरपस्ट भएर नबोल्न उनले सचेत गराए ।

 

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०३:२२
हजुरको प्रतिक्रिया