२०८३ असोज २६ गते सोमबार

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २० गते सोमबार ०४:२०

काठमाडौ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल...

काठमाडौ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन् ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिए ।
उनले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गरे ।
उनले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जिकिर गरे ।
उहाँले भने , “छलफल गर्दै जाँदा बैठक ७, ८, ९, १०, ११ कति पुग्छ त्यो एउटा विषय हो । माननीय सभापति ज्यूसँग मेरो अपिल र आग्रह के छ भने, यो विधेयकलाई समितिमा लामो समय होल्ड नहुने गरी अगाडी बढ्ने गरी कार्य तालिका बनाऔँ । यसको लागि समग्र परिस्थिति, सबैको अनुकूलता र संसद् बैठकलाई पनि ख्याल गरेर सबै उपलब्ध हुने गरी यो बैठक निरन्तर राखेर विधेयकलाई अगाडी बढाऔँ भन्ने मेरो आग्रह छ ।”
उनले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडी बढाउन आग्रह गरे ।

 

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०४:२०
हजुरको प्रतिक्रिया