२०८३ साउन २१ गते बिहीबार

सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे ः भौतिकमन्त्री

सहमतिअनुसार सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे ः भौतिकमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २१ गते मंगलबार १२:३०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन्। सोमवार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले...

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन्।

सोमवार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरूले यातायात सञ्चालन गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको बताएका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्कहरू यातायात व्यवसायीहरूले गरिरहेकाले त्यो गलत भएको बताए।

सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन ९रातो प्लेट० सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ९ज० तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्।

उनले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्‍याएकाले बाँकी कुराहरू विधेयकमार्फत सम्बोधन हुने बताए। जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न आग्रह गरे।

मन्त्री दाहालले यातायात व्यवसायीहरूले बन्द गरिरहेको यातायातहरू सञ्चालन गर्नुपर्ने बताए। केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताए।

 

प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार १२:३०
हजुरको प्रतिक्रिया