२०८३ साउन २१ गते बिहीबार

बढी भाडा असुल्ने १५ जना इन ड्राइभ कारबाहीमा

बढी भाडा असुल्ने १५ जना  इन ड्राइभ कारबाहीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २१ गते मंगलबार १२:३९

पोखरा । पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् । सोमबार इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही...

पोखरा ।

पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् ।

सोमबार इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो ।

पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि १५ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार १२:३९
हजुरको प्रतिक्रिया