२०८३ असोज २६ गते सोमबार

भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ : विश्वप्रकाश शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २२ गते बुधबार ०९:१२

उनले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने पनि बताए ।
साथै उनले अघिल्लो गृहमन्त्री रवि लामिछानेकोे प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरे ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने पनि बताए ।

साथै उनले अघिल्लो गृहमन्त्री रवि लामिछानेकोे प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘उजुरी जो व्यक्तिमाथि परेको छ । त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुप¥यो । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरु र प्रधानमन्त्रीसम्म पुग्छ भनेपनि जे कानूनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ ।’

संसदीय छानविन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न दिनुपर्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ जेठ २२ गते बुधबार ०९:१२
हजुरको प्रतिक्रिया