२०८३ साउन २१ गते बिहीबार

पाेखरामा छात्रामाथि याैन दुराचार गरेकाे अभियाेगमा प्रअ पक्राउ

पाेखरामा छात्रामाथि याैन दुराचार गरेकाे अभियाेगमा प्रअ पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २६ गते शनिबार ०७:१२

पाेखरा । पाेखरामा बाल याैन दुराचारकाे आराेपमा एकजना शिक्षक पक्राउ परेका छन् । पाेखरा २२ स्थित ओखलेडाँडा भुम्दिकाेट माविका प्रधानाध्यापक बाल याैन दुराचारकाे आराेपमा पक्राउ परेका हुन् । आफ्नै छात्रामाथि याैन दुर्व्यवहार गरेकाे...

प्रअमाथी पिडित वालिकाका परिवारद्वारा कुटपिट

पाेखरा । पाेखरामा बाल याैन दुराचारकाे आराेपमा एकजना शिक्षक पक्राउ परेका छन् । पाेखरा २२ स्थित ओखलेडाँडा भुम्दिकाेट माविका प्रधानाध्यापक बाल याैन दुराचारकाे आराेपमा पक्राउ परेका हुन् ।

आफ्नै छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेपमा बर्ष ३३ का विद्यालयका प्रधानाध्यापक विश्वराज बास्ताेला पक्राउ परेकाे प्रहरीले पुष्टि गरेकाे छ । बालिकाका परिवारले बास्ताेलाले याैन दुराचार गरेकाे थाहा पाएर कुटपिटमै उत्रिएपछि घटना सार्वजनिक भएकाे हाे ।

मंगलबार बास्ताेलालाई बालिकाका अभिभावकले अस्पताल नै भर्ना हुने गरी कुटेका थिए । कुटपिटपछि बास्ताेलालाई गण्डकी मेडिकल कलेज ल्याएर उपचार गरिएकाे थियाे ।

बालिकाका अभिभावकले बुधबार प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जाहेरी परेपछि अभियुक्तलाई पक्राउ गरिएकाे र ७ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रतिक्रिया दिए ।

श्राेतका अनुसार लामाे समय अघिदेखि बास्ताेलाले छात्रामाथि याैनजन्य क्रियाकलाप गर्दै आएका थिए । उनले कक्षाकाेठामै अन्य विद्यार्थी नभएकाे माैका पारेर बालिकामाथि याैन दुर्व्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेज गर्ने, पाेखरा घुम्न जाने प्रस्ताव गर्ने जस्ता हर्कत गरेका थिए । मानसिक तनावमा गुज्रिएकी छात्राका परिवारले यसबारे थाहा भएपछि बास्ताेलामाथि कुटपिटमै उत्रेका थिए ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिबार ०७:१२
हजुरको प्रतिक्रिया